मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८१ किलो गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलिले मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा गाँजा बरामद गरेको हो ।
प्रहरीले रोकी राखेको ना ८ ख ८२८४ नम्बरको ट्रककाट ८१ किलो ३ सय ५० ग्राम गाँजासहित ट्रक चालक मकवानपुर राक्सिराङका ४२ बर्षिय बाबुराम नेगीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायक उपरिक्षक जयश्वर रिमालले बताए ।