एजेन्सी । अमेरिकी टेनिस खेलाडी कोको गाउफले टोकियो ओलम्पिक गुमाउने भएकी छिन् । कोरोना भाईरसको संक्रमण देखिएपछि कोकोले ओलम्पिक गुमाउने भएकी हुन् । १७ वर्षीय कोकोले सामाजिक संजालबाट आफुलाई कोरोना संक्रमण भएको बताएकी छिन् । यस्तै कोकोले ओलम्पिकबाट नाम फिर्ता लिएको समेत जानकारी गराएकी छिन् ।
विश्व वरीयताको २५ औं स्थानमा रहेकी उनी ओलम्पिक खेल्ने अमेरिकी टिममा रहेकी थिइन् । टोकियो ओलम्पिकमा खेल्न असमर्थ भएपछि उनले आगामी ओलम्पिकहरुमा अमेरिकाको प्रतिनिधित्व गर्ने आशा रहेको समेत बताएकी छिन् । जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।