काठमाडौँ, ९ कार्तिक । उनका लागि महिना र बारले कुनै अर्थ राख्दैनन्। न कुनै चाडपर्व र उल्लासले नै छुन्छ। वीर असप्तालमा चार बर्षदेखि सरकारी रेखदेखमा अनशन बसिरहेकाी छन् उनी। गोरखा फुजेलकी गंगामाया अधिकारीले छोराको हत्यारालाई पक्राउ गरी कारबाही माग राख्दै अनशन सुरु गरेको कात्तिकको दोस्रो साता चार बर्ष पुरा भई पाँच लागेको छ।
संगै अनशन बसेका उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा २०७१ असोज ६ गते निधन भयो। उनको शब अझै शिक्षण अस्पताल, महाराजगन्जमै छ। अझै कति दिन यसरी बस्नुहुन्छ ? ‘सास छउन्जेल,गांमाया भन्छिन् माग पुरा भए भने हो, नत्र म जिउँदै यहाँबाट निस्कने छैन।’
छोराको हत्यारालाई कारबाही हुनेपर्ने माग राख्दै गंगामाया र नन्दप्रसाद दम्पतीले २०७२ पुस ६ गते सर्वोच्च अदालतले उनको छोरोको हत्या अभियोग लागेका ब्यक्तिलाई पक्रेर अनुसन्धान सुरु गर्न आदेश गरेपछि उनले अनशन तोडेकी थिईन। त्यसयता मलाई दुध र सुप खुवाउन थालिएको छ, गंगामाया भन्छिन्, सर्वोच्चलको आदेश पालना हुन्छ कि भनेर मैले थप दुई बर्ष कुरेँ तर भएन। आजको कान्तिपुर दैनिकमा खबर छ।