कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा गएराति ८२ वर्षीया साउनी कार्कीको हत्या गरिएको छ । वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा साउनी कार्कीको हत्या गरिएको हो ।
टाउँकोमा धारीलो हतियार प्रहार गरेर कार्कीको आफ्नै औछ्यानमा सुतिरहेको अवस्थामा हत्या गरिएको हो ।
कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी रविन्द्र खनालले टाउँकोमा धारीलो हतियारले प्रहार गरी हत्या भएको बताए ।
खनालका अनुसार प्रारम्भिक अनुसन्धानबाट साउनी कार्कीको साथमा ४० हजार नगद र भएको सुन चोर्नका लागि वा अन्य कुनै कारणले लागूपदार्थ दुव्र्यसनीहरुले हत्या गरेका हुन् भन्ने अझै एकिन हुन सकेको छैन ।
खनालका अनुसार अहिले घरपरिवारका सबैलाई सोधपुछ भईरहेको र अझै प्रमाण जुटाउनको काम भईरहेको बताए ।
मृतक कार्कीको शव पोस्टमार्टमका लागि नेपालगञ्ज पठाइएको छ ।