अन्तिम टी–ट्वान्टी क्रिकेटमा वेष्ट इण्डिज विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

अन्तिम टी–ट्वान्टी क्रिकेटमा वेष्ट इण्डिज विजयी

एजेन्सी । घरेलु टोली वेस्ट इन्डिजले पाँचौं तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ ।

सेन्ट लुसियामा शनिबार बिहान वेस्ट इन्डिजले अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो । यससँगै वेस्ट इन्डिजले पाँच खेलको श्रृखला ४–१ ले जितेको छ । आज वेस्ट इन्डिजले दिएको २ सय रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन मात्र बनायो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ३४ तथा मिचेल मार्सले ३० रन बनाए । म्याथ्यु वेडले २६ रन जोड्दा मोइसेस हेन्रिक्स २१ रनमा आउट भए । वेस्ट इन्डिजका आन्द्रे रसेल र शेल्डन कोट्रेलले ३-३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि इभिन लेविसले ७९ र कप्तान निकोलस पुरनले ३१ रन बनाए । अष्ट्रेलियाका एन्ड्रयु टेले ३ विकेट लिए । ५ खेलको यो श्रृखलामा अष्ट्रलियाले चौथो खेलमात्र जितेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);