काठमाडौं । बिहीबार सुनको मूल्य ५ सयले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ५ सयले बढेर ९३ हजार २ सय रुपैँया कायम गरिएको छ । बुधबार सुनप्रति तोलाको ९२ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा प्रतितोला ५ रुपैँयाले बढेकाे छ । महासंघका अनुसार बुधबार एक हजार ३ सय १५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार ३ सय २० रुपैँया कायम गरिएको छ ।