चीनको नयाँ नेतृत्व सार्वजनिक, यस्ता छन् शक्तिशाली सी जिनपिङका सारथि | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

बेइजिङ, ८ कार्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्युनिस्ट पार्टी (सीपीसी)को महासचिवमा पुनः निर्वाचित भएका छन्। उनी दोस्रो पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्। सीपीसीको १९ औं महासभा (कंग्रेस) को विस्तारित बैठकले उक्त घोषणा गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

उक्त बैठकमा राष्ट्रपति सीले पार्टीका शीर्ष नेताहरुको नाम सार्वजनिक गरे। जहा शीर्ष नेताहरुमा पुरानै अनुहार दोहोरिएका छन्। घोषित स्थायी कमिटीमा प्रधानमन्त्री ली खछ्याङ, ली चानसाउ, वाङ याङ, वाङ हुनिङ, चाउ लिजी र हान चाङ छन्।

सामान्यतया स्थायी समितिमा एक उदयमान नेतालाई ल्याइन्थ्यो। तर, राष्ट्रपति सीले पार्टीको यो परम्परा तोडेका छन् भने चाउ लिजीलाई भ्रष्टाचारविरोधी आयोगको प्रमुख बनाएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);