माछा मार्न गएका युवा बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

माछा मार्न गएका युवा बेपत्ता

भरतपुर । माछा मार्न जाँदा ह्यूम पाइपमा अड्किएको भन्ने सूचनाको आधारमा चितवन प्रहरीले एक युवकको खोजी गरेको छ ।

भरतपुर महानगरपालिका ३ बाह्रघरे स्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकासाको लागि जमिनमुनि गाडेको ह्यूम पाइपमा माछा मार्ने क्रममा युवक अड्किएको सूचना आएलगत्तै प्रहरीले आज बिहान ९ः ३० बजेबाट खोजी सुरु गरेको हो ।

चितवन प्रहरीका अनुसार वर्ष ३५ का लालबहादुर श्रेष्ठ माछा मार्न भनी पसेकोमा बाहिर ननिस्किएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरीको कार्यालय नारायणगढबाट १० जनाको प्रहरी टोली खोजीमा खटिएको छ । श्रेष्ठको खोजी कार्य जारी राखिएको र हालसम्म फेला पार्न नसकिएको प्रहरीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);