प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गरेको छ । आइतबार बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्जिकल भवनको उद्घाटन गरेको हो ।

२०७४ साल फागुनमा प्रधानमन्त्री ओलीबाटै शिलान्यास भएको उक्त भवन समयभित्रै निर्माण सम्पन्न गरेकोमा शर्मा निर्माण कम्पनीलाई ओलीले धन्यबादसमेत दिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको जीवन रक्षा पहिलो कर्तव्य भएको भन्दै २०२१ सम्म सबै नेपालीलाई खोप लगाइसक्ने बताए ।

उक्त कार्यक्रममा अस्पतालका प्रमुख डा. जागेश्वर गौतमले वीर अस्पताल हाल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालित रहेको भन्दै नवनिर्मित भवनबाट आधुनिक चिकित्सा प्रणाली अपनाइ जारी महामारी नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । यस भवनमा कोरोना संक्रमितलाई राखेर यसअघिदेखि नै उपचार सुचारु भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);