काठमाडौं । एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको निर्णायक बैठक सुरु भएको छ ।
आइतबार बिहान ८ बजे बस्ने भनिएको बैठक नेता नेपाल पक्षका नेताहरु ढिलो सिंहदरबार पुगेपछि बैठक केहीबेर अघि मात्र सुरु भएको हो । बैठकअघि नेपालसँग कोटेश्वरस्थित उनको निवासमा छलफल गरेर नेपाल पक्षका नेताहरु बैठकमा पुगेका हुन् ।
आजको बैठक एमाले एकताका लागि भएका सहमतिहरुले औपचारिकता दिने गरी निर्णायक बनाइने नेताहरुले बताएका छन् ।
यसअघि शनिबार पनि ढिलो गरी सुरु भएको बैठक पूर्व नेपाल पक्षका नेताहरु नेपाल निवास पुगेर छलफल पछि बैठकमा उपस्थित भएका थिए । नेताहरुले आजको बैठक पछि पार्टी एकताको सहमतिका बारेमा घोषणा गर्ने बताएका छन् ।