कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले उचाल्योः अर्जेन्टिनासँग ब्राजिल १–० गोल अन्तरले पराजित । | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले उचाल्योः अर्जेन्टिनासँग ब्राजिल १–० गोल अन्तरले पराजित ।

एजेन्सी । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

आज बिहान माराकाना स्टेडियममा सम्पन्न फाइनल खेलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे । उनले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गरे ।

यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् ।

अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो । अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक उपाधि जितेको हो ।

अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो । यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो ।

ब्राजिलले भने पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);