नेपाली कांग्रेसको १४ औं महाधिवेशन : सुनसरीको रामधुनी नगर सभापतिमा तीनजनाको चर्चा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : सुनसरीको रामधुनी नगर सभापतिमा तीनजनाको चर्चा

बिनोद आचार्य,
सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रदेखि देशैभरका वडाहरुमा समेत महाधिवेशनको चहलपहल बढेको छ । त्यही क्रममा सुनसरीको रामधुनीमा पनि उम्मेद्वारका आकांक्षीहरु बढ्न थालेका छन् ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस रामधुनीमा पनि भावी नेतृत्वका लागि दौडधुप सुरु भएको हो । रामधुनीमा भावी नगर सभापतिको नेतृत्वको लागि हाल तीन जना उम्मेद्वारका आकांक्षीहरुको नाम चर्चामा रहेको छ । जसमा हालका नगर सभापति सुदिप अधिकारी, नगर सचिव दिल बहादुर राई र झुम्का उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सगेन चौधरी रहेका छन् । नगर सभापतिमा उम्मेद्वारका आकांक्षीहरु सुदिप अधिकारी, दिल बहादुर राई र सगेन चौधरीले सबैको साझा उम्मेद्वार भएको बताउने गरेका छन् ।

सानै उमेरमा कांग्रेस राजनीतिमा उदाएका वर्तमान नगर सभापति सुदिप अधिकारी पुनः सभापतिमा उठ्ने भएका हुन् । सानै उमेरमा आफूले नेपाली कांग्रेसको राजनीति भित्ररुपमा नियालेको र साबिकको सबै गाविसमा कम्युनिष्टको गढ रहेकोमा नगरले आफ्नो नेतृत्वमा आए पछि नगरमा १७ जना जनप्रतिनिधि जिताउन सफल भएको बताउने गरेका छन् । नगरमा कांग्रेसलाई जगाउन आफूले एक कार्यकाल सभापतिको जिम्मेवार कुशलतापूर्वक निर्वाह गरिसकेकाले कांग्रेसलाई बलियो बनाउन आफ्नो पुनः उम्मेद्वारी दिने उनी बताउँछन् ।

त्यस्तै अर्का भावी सभापतिका रुपमा चर्चामा आएका सगेन चौधरी भने लामो समय बिभिन्न संघ संस्था देखि झुम्का उद्योग वाणिज्य संघको एक कार्यकाल महासचिव र १० वर्ष अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । विगत लामो समयदेखि नेपाली कांग्रेसले दिएको जिम्मेवार कुशलतापूर्वक निर्वाह गरिएको र स्थानीय तहको चुनावमा आफूले गर्दा पार्टीले प्यानल नै जित्न सकेको दाबी गरेका छन् । नगरका सबै नेताहरूको तथा कार्यकर्ताको साथ भएकोले आफ्नो उम्मेद्वारी दिन लागेको उनले बताएका छन् ।

त्यस्तै रामधुनीका नगर सचिव समेत रहेका दिल बहादुर राई पनि सभापतिको चर्चामा छन् । नेपाली तरुण दल सिंगियाका उपसभापति हुँदा काँग्रेसको १३ औ महाधिवेशनबाट निर्वाचित नगर सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकाले आफू सभापतिको लागि सक्षम भएको उनको दाबी छ ।

संशोधित कार्य तालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसै गरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);