नेपाली कांग्रेसको संस्थापनइतर समूह सभापतिको साझा उम्मेद्वार बनाउने कसरतमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाली कांग्रेसको संस्थापनइतर समूह सभापतिको साझा उम्मेद्वार बनाउने कसरतमा

काठमाडाैं । नेपाली कांग्रेसको संस्थापनइतर समुहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल सुरु गरेको छ ।

शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समुहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडी बढाएको नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसिले जानकारी दिए ।

पार्टीलाई नेतामुखि नभई नीतिमुखी बनाउन साझा उम्मेदवारका लागि प्रयास थालिएको उनकाे भनाइ छ ।

कांग्रेस नेतृ सुजाता कोईरालाले संस्थापनइतर समुहमा सभापतिको उम्मेदवारको विषयमा कुनै विवाद नभएको बताए । आफुहरु एक भएर अघि बढ्ने उनले प्रतिक्रिया दिए ।

कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै संस्थापन र संस्थापनइतर पक्षका नेताहरुले आ–आफ्नो भेलालाई निरन्तरता दिईरहेका छन् । कांग्रेसमा आधादर्जन बढी नेताहरुले सभापतिको आकांक्षा देखाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);