काठमाडाैं । कोरोना विरुद्धको खोप अभियान अस्तव्यस्त बनेको छ ।
पहिलो मात्रा लागाएका ६० देखि ६४ उमेरका जेष्ठ नागरिकका लागि असार २२ र २३को भेरोसेल खोप अभियान अस्तव्यस्त रह्यो ।
खोप लगाउन बिहानैदेखि लाइनमा पुगेका जेष्ठ नागरिक दिउँसोसम्म खोप लगाउने पालो नआउँदा सरकारी फितलो व्यवस्थापनप्रति आक्रोशित देखिन्थे ।