काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ८६ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ८६ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १० हजार ५ सय ४ पीसीआर र एन्टिजेन परीक्षणबाट १ हजार ८ सय ७५ मा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २९ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ३ सय २० ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।




