राष्ट्रिय सभाको शून्य समयमा कसले-के भने ? | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

राष्ट्रिय सभाको शून्य समयमा कसले-के भने ?

काठमाडौं । राष्ट्रियसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सदस्यहरुले समसामयिक र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले अर्थमन्त्रीको बजेट बक्तव्य पुस्तिकाको २ सय ५३ नम्बर बुँदामा दाङको लमही क्रिकेट मैदानका लागि बजेट बिनियोजन गरेको छु भने पनि खेलकुद मन्त्रालयले विनियोजन छैन भनेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।

साथै उनले दाङको निर्माणाधिन ४ लेनको सडक समयमा सम्पन्न नहुँदा स्थानीयले दुख पाएको भन्दै त्यस तर्फ सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण समेत गराएकी हुन् । उनले पहिलो डोज कोभिडशिल्ड लगाएका ज्येष्ठ नागरिकले दोश्रो डोज खोप लगाउन जीवनभर पर्खनुपर्ने हो भनी प्रश्न सरकारलाई प्रश्न समेत गरेकी छन् ।

त्यस्तै राष्ट्रिसभा सदस्य इन्दु कडरियाले नेपाली कोभिड १९ को महामारीका कारण जनस्वास्थ्य पछि शिक्षा क्षेत्र नराम्रोसंग प्रभावित भएको बताएकी छन् । उनले शहरका बालबालिका इन्टरनेटको पहुँचमा भएपनि ग्रामिण क्षेत्रका बालबालिकाले इन्टरनेट नभएकाले शिक्षाबाट बञ्चित भएको भन्दै तीनै तहको सरकारको समन्वयमा ग्रामिण क्षेत्रमा पनि इन्टरनेटको पहुँच विस्तार गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रियसभा सदस्य उदय शर्मा पौडेलले नेपाली जनता दिनप्रतिदिन मुल्यवृद्धिको मारमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले कोडिभ १९ को महामारीका कारण देखा परेका समस्याका कारण महिलाहरु झनै पिडीत भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

राष्ट्रियसभा सदस्य खिमकुमार विकले मुलुक भ्रष्टाचारले डुंगडुंगी गन्हाएको आरोप लगाएका छन् उनले असारे विकासको नाममा जथाभावी बजेट छर्ने काम भएको भन्दै सरकारलाई बालुवामा पानी हाले जस्तो बजेट नखन्याउन आग्रह गरेका छन् । सरकारले यस्तो समयमा जथाभावी बजेट विनियोजन गर्नु उचित नहुने उनको तर्क रहेको थियो ।

उता राष्ट्रियसभा सदस्य जगतप्रसाद शर्माले अपाङ्गहरुलाई खोपको प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् । उनले छोटो समयमा पटक पटक इन्धनको मुल्य वृद्धि भएको र त्यसको प्रभावले जनताको ढाड सेक्ने काम गरेको भन्दै त्यस तर्फ सरकारको बेलैमा ध्यान जानु आवस्यक रहेको उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);