खोप अभियानमा प्रशासनको लापरबाही, व्यवस्थापनको कमीले आक्रोशित जेष्ठ नागरिक (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

खोप अभियानमा प्रशासनको लापरबाही, व्यवस्थापनको कमीले आक्रोशित जेष्ठ नागरिक (फोटो फिचर)

काठमाडौं । ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका लागि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोश्रो डोजको दिने अभियान अस्तव्यस्त देखिएको छ ।

सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सूचना जारी गरेअनुरुप खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कयौंले खोप लगाउन नपाइ फर्कनु प¥यो । उपत्यकाका निजामती अस्पताल, प्रसुती गृह, वीर अस्पताल,टेकु लगायत १३ स्थानमा काठमाडौं महानगरपालिकाकाले खोप केन्द्र तोकेको थियो । खोप लगाउन बिहानै देखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसो सम्म खोप लगाउन नपाएपछि सरकारको व्यस्थापन देखि आक्रोशित बने । उनीहरुले सरकारले सही सूचना नदिएका कारण आफूहरुले दुख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सूचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए ।

मिनभवनका उपेन्द्र पौडेल बिहान ६ बजे देखि लाइन बसेर २ बजे सम्मपनि खोप लगाउन पाएनन् । खोप लगाउने विषयमा सरकारले खेलवाड गरेको र जनताको अभिभावकको भूमिका निर्वाह गर्न नसकेको आक्रोश पोखे ।

उनले भने “बेसरी गाहो भयो । प्रेसर सुगर भएका मान्छेहरु सबै बाटोमै लडे । यो सरकारको नालायकपन हो यो । यो नालायक पनले जनतालाई दुख दिएको छ । सरकारले खोप सम्बन्धी सूचना प्रवाह राम्रो संग दिनुपर्छ कि पर्दैन ? सरकारले भन्दा ३ महिनामा इनजेक्सन भन्छ यहाँ ३ बर्षमा पनि इनजेक्सन नपुग्ने भईसक्यो । ८५ बर्षका बृद्ध लाइन बस्दा बस्दै ३ ४ जना त लडिसके । तिनको जिम्मेबारी कसले लिन्छ ? पुलिसले भित्र जान दिदैन । पुलिसले भन्छ हामीलाई थाहा छैन । थाहा छ कसलाई ? जनता भेडा हुन् ? ”

बानेश्वरका तेज बहादुर दाहालपनि बिहान ६ बजे निजामती अस्पताल खोप केन्द्रमा लाइन बसे तर दिउँसो २ बजे सम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापन प्रति आक्रोश पोखे । उनले प्रशासनलाई विश्वकै नायालक भनी टिप्पणी गरे ।

आलोकनगर टोल सुधार समितिको अध्यक्ष समेत रहेका डिआर पोख्रेल बिहान ३ बजे देखि खोप लगाउन लाईन बसेपनि दिउँसोसम्म खोप लगाउन पाएनन् । बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मंगलबार जम्मा ५ सय मात्रै खोप लगाउने सूचना निकालेपछि उनको धैर्यता ट्ुट्यो । सरकारलाई बोलेर नभई काम गरेर देखाउन र जनतामा भ्रम छर्ने काम बन्द गर्न अनुरोध उनले अनुरोध गरे ।

अर्का एकजनाले ग्राण्डीबाट र धुलिखेलबाट कालोबजारी गरेर प्रति खोप १० हजारमा खोप बेच्ने गरेको सूचना आफूले पाएको भन्दै त्यसबारे खोज गर्न संञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले नागरिकलाई तड्पाई तड्पाई मार्न खोजेको आरोप लगाए ।

पुण्य प्रसाद भट्टराईले आफू बिहान ६ बजेदेखि लाइन बसेपनि १० बजेपछि मात्रै कुपन बाँडिएको र कुपन लिएर दुई घण्टा लाईन बसेपछि खोप लगाउन पाएको बताए ।

सरकारले स्थानीय सरकार मार्फत जेष्ठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सूचना निकालेको थियो । काठमाडौं महानगरभित्र १३ स्थानमा खोप केन्द्र तोकिएको छ भने अन्य नगरपालिकामा प्रत्येकमा २ खोप केन्द्र तोकिएको छ । महागरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);