राष्ट्रियसभाको बैठकमा रमेश जंङ्ग रायमाझीद्धारा कालो टोपी देखाउँदै विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

राष्ट्रियसभाको बैठकमा रमेश जंङ्ग रायमाझीद्धारा कालो टोपी देखाउँदै विरोध प्रदर्शन

rameshjung rayamajhi

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेश जंङ्ग रायमाझीले राष्ट्रियसभाको बैठकमा कालो टोपी देखाउँदै विरोध जनाएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले सडकमा कालो झण्डा लिएर उत्रने अवस्था नरहेको भन्दै राष्ट्रियसभाको बैठकमा नै कालो क्याप देखाउँदै विरोध जनाएका हुन् ।

शिर देखि पाउ सम्म कालो पोशाकमा बैठकमा सहभागी भएका रायमाझीले मुलुकले थाहा पाओस् भन्दै सरकारको र प्रतिनिधिसभाको विघटनको विरोधमा आफुले कालो झण्डाको रुपमा क्याप प्रस्तुत गरेको बताएका छन् । उनले टाउकोमा लगाएको कालो क्याप उठाएर घुमाउदै सभामा उपस्थिति सबैलाई दखाएका थिए ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरिसकेपछि लाखौ जनता सडकमा कालो झण्डा बोकेर निस्कनुपर्नेमा कोरोनाका जोखिम बढेकाले निस्कन नसकेको अवस्थामा अलग पोशाकमा उपस्थिति भएर सभामा नै प्रतिगमनको विरोध गरेको उनको तर्क थियो ।

राष्ट्रियसभा सदस्य रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता गुमाईसकेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओली राजनीतिक, नैतिक लगायत सबै दृष्टिकोणबाट असफल भईसकेकाले असफल प्रधानमन्त्रीको रुपमा सावित भएको दाबी गरे । उनले आफैले पत्रकार सम्मेलन गरेर मैले सरकार चलाउन सकिनँ भन्ने प्रधानमन्त्री ओली अन्य दुई पार्टीको निर्णय भन्दै प्रधानमन्त्रीका लागि दाबी गर्न राष्ट्रपतिकोमा पुगेको दाबी गरेका छन् ।

उनले सरकारकै स्वास्थ्य मन्त्रीले भ्याक्सिनको ४ डरल पर्छ भनेको तर अहिले चीनबाट ल्याउन लागेको भ्याक्सिनको प्रति भ्याक्सिन १४ डलर भनिएको भन्दै त्यसबारे सरकारको जवाफ माग गरेका छन्।ओलीले प्रचण्डसंग गठबन्धन गर्दा केही नहुने अनि अहिले ५ दलिय गठबन्धनमा सहभागी भएको भन्दै नेपाली कांग्रेसलाई प्रचण्ड पथमा गयो भन्ने ? कुन मुखले भन्नुभएको हो भन्दै उनले प्रधानमन्त्री प्रति कटाक्ष गरे। उनलृ सत्ता टिकाउनका लागि प्रधानमन्त्रीले नेपालको संविधान मिचिसकेको समेत धारणा राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);