सञ्चारकर्मी रुपा सुनारको मुद्धा न्यायाधीश नहकुल सुवेदीको इजलासमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

सञ्चारकर्मी रुपा सुनारको मुद्धा न्यायाधीश नहकुल सुवेदीको इजलासमा

काठमाडौँ। शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सञ्चारकर्मी रूपा सुनारले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने भएको छ। जातीय विभेद अन्र्तगत परेको व्यक्तिलाई कारबाही नगरेको भन्दै सञ्चारकर्मी सुनारले मन्त्री श्रेष्ठबिरुद्ध आइतबार सर्वोच्च अदालतमा मुद्धा दायर गरेकी हुन् ।

आफूलाई दलित भएकै कारण कोठा दिन इन्कार गरेकी बबरमहलकी घरधनी सरस्वती प्रधान हिरासतमा रहेका बेला मन्त्री श्रेष्ठले अुनुसन्धान प्रकृयालाई बिथोल्न खोजेको भन्ने कुरा दाबी रिटमा उल्लेख गरिएको छ । तर रुपालाई कोठा नदिएको आरोपमा धरधनी प्रधानलाई प्रहरीले तिन दिन हिरासतमा राखेको र उनकै श्रीमानको जमानतमा रिहा गरेको थियो ।

प्रधानलाई लिनका लागि मन्त्री श्रेष्ठ झण्डावाल गाडी नै लिएर प्रहरी वृत्त सिंहदरबार पुगेपछि यो घट्नाले झनंै उग्ररुप लिएको हो ।

Leave a Reply