प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकियो, आजै एमिकस क्युरीको बहस हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकियो, आजै एमिकस क्युरीको बहस हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएको छ। प्रधानमन्त्री राष्ट्रपति कार्यलयलाई विपक्षी बनाई रिट निवेदक १४६ सांसदहरुले सर्वोच्चमा पेश गरेको रिटको बहस सोमबार सकिएको हो।सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए ।

बहस सकिएपछि अव संवैधानिक इजलासले एमिकस क्युरीको राय सुझाव लिन बाँकी रहेको छ । आजै एमिकस क्युरीको बहस पनि सुरु हुनेछ ।

प्रतिनिधिसभा विघटन मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका हुन् । एमिकस क्युरीको रायका लागि २ घण्टा समय तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);