एजेन्सी । इजरायली सेनाले गाजापट्टीस्थित हमासको अड्डामा अर्को हमला गरेको छ । हमासको रकेट लन्चर राखिएको र हतियार निर्माण गर्ने स्थलमा आईतबार विहान हमला गरिएको इजरायली सेनाले जनाएको छ । गाजामा प्रत्यक्ष रुपमा यस घटना नियालेका व्यक्ति र सुरक्षा स्रोतका अनुसार आक्रमणमा परेर कसैको मृत्यु भने भएको छैन ।
गाजा शहरको पश्चिमतर्फ रहेका पूर्वाधारहरुमा फाइटर जेटले हमला बोलेको प्रत्यक्षदर्शीले बताएका छन् । यस अघि गाजा क्षेत्रबाट आगो सहितका बेलुन लन्चग रिएको दाबी इजरायली सेनाले गरेको थियो । तर, गाजामा रहेको कुन समूहले यस्तो बेलुन पठायो भन्ने खुलेको छैन ।
इजरायलले गाजा क्षेत्रबाट हुने हरेक आतंककारी गतिविधिको दोष हमासलाई लगाउने गरेको छ । यसअघि इजरायलले हमास बीच गत मेइमा युद्ध चर्किएको थियो । त्यतिबेला इजरायलले ११ दिनसम्म इजरायलले लगातार गाजा क्षेत्रमा हमला गरेको थियो । त्यसक्रममा ६६ बालबालिकासहित २ सय ६० जना प्यालेस्टाइनी मारिएका थिए ।
त्यसैगरी, गाजाबाट हमासले हरेक प्रहार गर्दा इजरायलमादुई बालबालिकासहित १३ जना मारिएका थिए । इजिप्टको मध्यस्थतामा त्यति बेला युद्धविराम गरिएपनि दुबै पक्षले यसको पूर्ण पालना भने गरेका छैनन् ।