बाढीपहिरो र डुबानका कारण मुलुकभर ३४ को मृत्यु, ४४ घाइते र २४ बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

बाढीपहिरो र डुबानका कारण मुलुकभर ३४ को मृत्यु, ४४ घाइते र २४ बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गएको जेठ ३० गते यता शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ ।

गएको १९ दिन यता नेपालका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानमा परी ३४ जनाको मृत्यु, ४४ जना घाइते र २४ जना बेपत्ता भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मृत्यु हुनहरुमा १९ पुरुष, ९ महिला, ३ बालक र ३ बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकका ५, डोटीका ४, रोल्पाका ३, चितवन, तनहुँ, प्युठान र रौतहटका २–२, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुराका १–१ जना रहेका छन् ।

त्यसैगरी घाइते ४४ मध्ये २४ पुरुष, २२ महिला, ६बालक र ३ बालिका रहेका छन् । घाइतेहरुमध्ये तनहुँमा १०, सिन्धुपाल्चोक र रोल्पामा ५–, म्याग्दी, सर्लाही, कास्की र डोटीमा ३–३, जुम्ला र गोरखामा २–२, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १–१ रहेका छन् ।

बेपत्ता २४ मध्ये १५ पुरुष, ६ महिला, २ बालक र १ बालिका रहेका छन् । बेपत्तामध्ये सबैभन्दा बढी सिन्धुलपाल्चोकका रहेका छन् । बाढीपहिरो तथा डुबानमा परी सिन्धुपाल्चोकका २० जना बेपत्ता रहेका छन् । त्यसैगरी बेपत्ता हुनेहरुमा चितवनका ३ र बाजुराका १ रहेका छन् ।

पछिल्लो १९ दिन यता बाढीको कारण ३ सय ९७ वटा घर डुवानमा परेका छन् । त्यसैगरी ४ सय ९१ घर, ८४ गोठ, ३८ पुल, ३ विद्यालय, र १० सरकारी कार्यालयमा क्षति पुगेको छ ।

यो अवधिमा बाढीपहिरो र डुबानका कारण एक हजार ४३ घरका ४ हजार ९ सय ५५ जना विस्थापित भएको प्रहरी महानिरिक्षकको सचिवालयले जनाएको छ । त्यसैगरी सचिवालयका अनुसार सो अवधिमा ३ सय ३० विपद्का घटना भएका छन् जसमा ८ सय २ वटा पशु चौपायाको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);