राष्ट्रिय सभामा नागरिकता अध्यादेश प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

राष्ट्रिय सभामा नागरिकता अध्यादेश प्रस्तुत

ramnarayan bidari

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रिय सभामा नेपालको नागरिकता अध्यादेश २०७८ प्रस्तुत गर्न नदिन राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई अनुरोध गरेका छन् ।

सर्वोच्च अदालतले नागरिकता अध्यादेश हाललाई कार्यान्वयन नगर्न भनेर अन्तरिम आदेश समेत जारी गरिसकेको हुँदा सो अध्यादेश संसदमा प्रस्तुत गर्न दिन नहुने विडारीले माग गरेका हुन् । सरकारले सर्वोच्चलाई अवहेलना गर्दै सा अध्यादेश राष्ट्रिय सभामा पेश गर्न लागेको आरोप लगाएका थिए ।

अध्यक्ष तिमिल्सिनाले भने सर्वोच्चबाट कार्यान्वयनमा रोक लगाएको भएपनि राष्ट्रपतिबाट अध्यादेश जारी पछि पहिलो पटक बसेको अधिवेशनको बैठकमा पेश गर्नु पर्ने संवैधानिक व्यवस्था भएकाले मात्र पेश गर्न दिन लागेको जानकारी गराए ।

सो पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले नागरिकता अध्यादेश २०७८ जानकारी लागि मात्र भएपनि प्रस्तुत गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);