‘‘कालीगण्डकी डाइभर्सनले संघ–प्रदेश र प्रदेश प्रदेशबीच द्वन्द्व सिर्जना गर्ने खतरा ’’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८२, बुधवार

‘‘कालीगण्डकी डाइभर्सनले संघ–प्रदेश र प्रदेश प्रदेशबीच द्वन्द्व सिर्जना गर्ने खतरा ’’

काठमाडौं । कालीगण्डकी डाईभर्सनले गण्डकी सभ्यताको जैविक विविधता, मानवीय सभ्यतामा संकट निम्त्याउनुका साथै ठूलो भूभागमा जलसंकट निम्त्याउने भन्दै परियोजना सँधैका लागि बन्द गर्न जनस्तरबाट माग गरिएको छ ।

‘कालीगण्डकी बचाऔं अभियान’ ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विनाशकारी परियोजना सँधैका लागि बन्द गर्न माग गरेको हो । सिंगो गण्डकी प्रदेश, प्रस्तावित परियोजना र तल्लो तटका स्थानीय तह तथा बासिन्दाले विरोध जनाईरहँदा पनि परियोजना अगाडि बढाईनु चिन्ताजनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गण्डक सभ्यताभित्रको विभिन्न संस्कृति, प्रदेशबासीको आस्था र जीवन कालीगण्डकी नदी सँग जोडिएको जस्तो गम्भीर विषयलाई उपेक्षा गरी सिंगो नदीलाई अर्कोतर्फ मोड्ने परियोजना गण्डकीवासीको आस्था र संस्कृतिमाथि खेलवाड भएको कालीगण्डकी बचाऔँ अभियानले बताएको छ ।

जलविद्युत उत्पादन र रुपन्देही तथा कपिलवस्तुमा सिंचाई पु¥याउन अन्य धेरै विकल्पहरु हुँदा हुँदै पनि सरकारले विनाशकारी तरिका रोजेको विज्ञप्तिमा आरोप लगाइएको छ । विज्ञप्तिमा लेखिएको छ –‘यो परियोजनामार्फत् जलविद्युत् उत्पादन गर्ने र रुपन्देही तथा कपिलवस्तुमा सिंचाइ पु¥याउने भनिएको छ । नदीको पथान्तरण नगरी उक्त परिणामको जलविद्युत उत्पादन गर्न सकिने विज्ञहरुले सुझाव दिईरहेका छन् ।

यस्तै रुपन्देही र कपिलवस्तुको खेतीयोग्य जमिनमा स–साना परियोजना र नहरबाट सिंचाईको व्यवस्था मिलाउन सकिने सुझाव उनीहरुको छ । जसले यी दुबै जिल्लाका किसानलाई छिट्टै सिंचाई पनि पु¥याउँछ भने लागत पनि सयौं गुणा कम हुन जान्छ । कालीगण्डकीबाटै नहर निर्माण गरेर सिंचाईको व्यवस्था मिलाउन पनि सकिन्छ । यी तमाम विकल्प हुँदाहुँदै सरकारले एकोहोरो कालीगण्डकी डाइभर्सनको रटान लगाईरहेको छ । यसलवे संघ–प्रदेश तथा प्रदेश–प्रदेशबीच द्वन्द्व सिर्जना गर्ने खतरा बढेको छ । ’

कालीगण्डकी डाइभर्सनलाई रोक्न गण्डकी प्रदेशले समेत माग गरिरहेको छ भने परियोजनाको चौतर्फी आलोचना समेत भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);