काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४९ अंकले घटेको छ । मंगलबार बजारमा तीव्र उताचढावपछि नेप्से परिसूचक ४७ दशमलव ५ सुन्य अंकले घटेर २ हजार ८ सय २८ अंकमा झरेको छ ।
क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ८७ अंकले घटेको छ । मंगलबार ७५ हजार ८ सय ८० वटा कारोबारबाट २३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा कारोबार हुने लघुवित्त समूहबाहेक सबैको सवइन्डेक्स घटेर राताम्मे देखिएको छ । सबै समूहको नेप्से परिसूचक घट्दा पनि लघुवित्त समूहको भने २६ दशमलव ४ अंकले बढेको छ ।