नेपाल कृषि विकास बैंक लिमिटेडले जारी गरेको क्रेडिट कार्डबाट धेरै ग्राहक लाभान्वित | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

नेपाल कृषि विकास बैंक लिमिटेडले जारी गरेको क्रेडिट कार्डबाट धेरै ग्राहक लाभान्वित

krishi bikash bank

काठमाडाैं । नेपाल कृषि विकास बैंक लिमिटेडले जारी गरेको क्रेडिट कार्डबाट धेरै ग्राहकहरू लाभान्वित भएका छन् । बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरू उपलब्ध गराउँदै आइरहेको कृषि विकास बैकले हालसम्म ७८ वटा कार्ड जारी गरिसकेको छ ।

आधुनिक प्रविधिको विकाससँगै बैकिङ क्षेत्रमा विभिन्न किसिमका वस्तु तथा सेवाको विकास एवम् विस्तार भइरहेको अवस्थामा बैँकले ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पु¥याउन २०७८ वैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको सुरुवात गरेको हो ।

नेपालका सरकारी स्तरका बैङ्कहरूमा यो सेवाप्रदानगर्ने कृषिविकास बैँक नै पहिलो बैँक भएको छ । कार्यालयको कार्यक्षेत्र भित्रबसोबास गरी दिगो आयस्रोत भएका विश्वासिला नेपाली नागरिकहरू, यस बैकका पूर्व कर्मचारीहरू तथा बैँकका कर्मचारीहरूले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);