असिम पौडेल,
कास्की । माछा मार्न जाने क्रममा बगाएर पोखरामा एक पुरुषको मृत्यु भएको छ । मंगलबार दिउँसो पोखरा महानगरपालिका वडा नं -१७ काउसेघारीमा माछा मार्न पुगेका उनी माछा देखेर समात्न जाँदा खोलाले बगाएको स्थानीयहरूको भनाई छ ।
माछा मार्न क्रममा उनलाई माथिबाट आएको भेलले बगाएको थियो । मृतकको शव पोखरा बिरौटास्थित पावरहाउसबाट दिउँसो करिब १२:३० बजे निकालिएको थियो । नेपाल प्रहरीको उद्दार टोली र केही स्थानियको सहयोगमा उनको शव खोलाबाट बाहिर निकालिएको थियो ।
उमेरमा अन्दाजी ३०-३५ बर्षका देखिने उनको व्यक्तिगत विवरण भने आउन बाँकी रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।




