इरान सर्मथित बिद्रोही समूहलाई लक्षित गर्दै अमेरिकाद्धारा इरान र सिरियामाथि आक्रमण | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

इरान सर्मथित बिद्रोही समूहलाई लक्षित गर्दै अमेरिकाद्धारा इरान र सिरियामाथि आक्रमण

एजेन्सी । इरान सर्मथित बिद्रोही समूहलाई लक्षित गर्दै अमेरिकाले इरान र सिरियामाथि आक्रमण गरेको छ । अमेरिकाले इरान – सिरिया सीमाना क्षेत्रमा २ इरानी सर्मथक बिद्रोही समूह बिरुद्ध आक्रमण गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकि सेनामाथि ड्रोन आक्रमणको जवाफमा राष्ट्रपति जो बाइडेनको आदेशानुसार इरान सर्मथक बिद्रोही समूहको हतियार भण्डारमा कारबाही गरेको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले पुष्टि गरेको छ । गत जनवरीमा राष्ट्रपति पद सम्हाल्नु भएका राष्ट्रपति जो बाइडेनले इरान सर्मथक बिद्रोही समूह बिरुद्ध हवाइ आक्रमणको आदेश दिएको यो दोस्रो पटक हो ।

इराक स्थित अमेरिकि सेनाहरु पछिल्ला केहि महिनादेखि धेरै पटक इरानी ड्रोन आक्रमणको निशानामा रहेका छन् । इरानले भने यसमा कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ । पेन्टागनका अनुसार कतैब हैजबुल्लाह र कतैब सययद अल सुहादा लगायत इरान सर्मथक बिद्रोही समूह विरुद्ध सीरियामा दुई र इराकमा एक हतियार केन्द्रमा आक्रमण गरिुएको हो ।

सन् २००३ मा सद्दाम हुसैनको पतनपछि इराकको आन्तरिक मामिलामा इरानको प्रभाव बढेको अमेरिकाको ठहर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);