कम्युनिष्ट एकता र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेता नेपालको आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

कम्युनिष्ट एकता र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेता नेपालको आह्वान

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले कम्युनिष्ट एकता र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न आह्वान गरेका छन् ।

नेता नेपालले सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्तीको शुभकामना दिँदै यस्तो आह्वान गरेका हुन् ।

उनले विकृति विसंगति र अन्यायको अन्त्य गर्दै सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृति गर्ने अभियानमा लाग्न पार्टी नेता कार्यकर्ताहरुलाई आह्वान गरेका हुन् ।

उनले लेखेका छन् –‘विकृति, विसंगति, सांगठनिक वेथिति र अन्यायको अन्त्य गदै नेकपा एमाले, सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृति गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आह्वान सहित पुनः जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

नेता नेपालले हालको सरकारले शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवं सरकार सञ्चालन नगरेको आरोप समेत लगाएका छन् ।

उनले लेखेका छन् –‘ शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्बन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो ।’

Leave a Reply

ताजा समाचार