एनबीआईको पहलमा विभिन्न ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट सहयोग | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

एनबीआईको पहलमा विभिन्न ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट सहयोग

काठमाडौँ। राष्ट्रिय व्यवसायिक (एनबीआई)को पहलमा विभिन्न ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट प्रदान गरिएको छ । टर्कीबाट मगाइएका उच्च क्षमताका अक्सिजन प्लान्ट विभिन्न ६ वटा अस्पताललाई प्रदान गरिएको हो । करिव ७ करोड ६८ लाख मुल्य बराबरको अक्सिजन प्लान्ट विभिन्न अस्पताललाई सहयोग गरेको एनबीआईले जनाएके हो ।

एनबीआईले आइतबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन प्लान्टका लागि सहकार्य गर्ने केही संस्थाको शत प्रतिशत आर्थिक योगदान रहेको र केहीका लागि भने राष्ट्रिय व्यवसायिक पहलले २५ प्रतिशतसम्म आर्थिक सहायता उपलब्ध गराएको उल्लेख गरेको छ ।

मकवानपुर उद्योग संगठनको शत प्रतशत आर्थिक सहयोगमा हेटौंडा अस्पताल, आईएमई फाउण्डेसनको शत प्रतिशत आर्थिक सहयोगमा शुक्रराज संक्रामक तथा सरुवा रोग अस्पताल, कीर्तिपुर नगरपालिकाको ७५ प्रतिशत र राष्ट्रिय व्यवसायिक पहलको २५ प्रतिशत आर्थिक सहयोगमा कीर्तिपुर अस्पताल लगायत जनमैत्री अस्पताललाई एक–एक थान अक्सिजन प्लान्ट प्रदान गरिएको एनबीआईले जानकारी दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);