काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा निवेदक पक्षको बहस सकिएको छ। सर्वोच्च अदालत संवैधानिक इजलासमा आइतबार निवेदक पक्षको बहस सकिएको हो ।
इजलासले दिएको १२ घन्टाको समयमा निवेदक पक्षका वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले बहस गरेका थिए। आइतबार विपक्षीबाट १४ जना कानुन व्यवसायीले बहस गरेका छन्। बहसको सुरुवाति चरणमा वरिष्ठ अधिवक्ता सवित भण्डारीले बहस गरिन् भने अन्तिममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गरेका हुन् ।
बहसका क्रममा संविधानविद् भीमार्जुन आचार्यले संवैधानिक राष्ट्रपतिले कसैको नियुक्ति गर्दिँन भन्न नपाउने बताए । उनले म्यान्डेटरी ड्युटी भएकाले राष्ट्रपतिले कसैको नियुक्ति गर्दिनँ भन्न पाउने व्यवस्था नरहेको तर्क गरेको थिए ।
संविधानविद् आचार्यले संविधानको धारण ७६ (१), २, ३ र ५ बमोजिम कतै प्रधानमन्त्री हुने कतै लेख्या छ भन्दै प्रश्न समेत गरेका छन्। भोलि अर्थात सोमबारबाट सरकारी पक्षले बहस गर्ने तयारी गरेका छन् ।