लोकतन्त्र रक्षाका लागि कांग्रेसको महत्वपूर्ण भूमिका रहन्छ : कांग्रेस नेता गच्छदार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

लोकतन्त्र रक्षाका लागि कांग्रेसको महत्वपूर्ण भूमिका रहन्छ : कांग्रेस नेता गच्छदार

bijay kumar gachchaadhar,

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

आइतबार लोकतन्त्रका लागि हाम्रो अभियानले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दे नेता गच्छदारले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्पूर्ण रहेको बताएका हुन् ।

नेता गच्छदारले लोकतन्त्र रक्षाका लागि नेपाली कांग्रेसको स्थापना भएको भएपनि ‘शीर्ष नेताहरुको गल्तीका कारण लोकतन्त्र कमजोर हुँदै गएको छ, यसको रक्षाका लागि कांग्रेसले अग्रसरता लिनुपर्छ ।

पार्टीको १४ औँ महाधिवेशनमा कांग्रेसभित्र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने भन्दै उपसभापति गच्छदारले महाधिवेशनको मिति सारेर टार्ने अवस्था नरहेको जिकिर गरेका छन् ।

त्यस्तै कार्यक्रमलाई संवोधन गर्दे अर्का कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले लोकतन्त्र बलियो बनाउनका लागि काग्रेस बलियो हुनुपर्ने बताएका छन् । उनले कांग्रेसभित्रको व्यवस्थापन कमजोर छ, यसलाई सुढृढ र गतिशील बनाउनका लागि कांग्रेसका सबै नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढनुपर्नेमा जोड दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका खाँडले नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने अवस्था निर्माणमा नेतृत्व लाग्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस हिजो पनि बलियो थियो आज पनि बलियो रहेको भन्दै नेता खाँडले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने तर्क गरे ।

यसअघि उक्त अभियान प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);