जगदिशपुर जलाशय क्षेत्रमा सशस्त्रको उद्धार अभ्यास (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

जगदिशपुर जलाशय क्षेत्रमा सशस्त्रको उद्धार अभ्यास (फोटोफिचर)

शम्भु माली,
कपिलवस्तु । घटनाको जानकारी दिंदै उद्वार टोली मुभ गराउने उद्धेश्यले सशस्त्रको सेटमा सन्देश प्रवाह हुन्छ । गल्फचार्ली फोर गल्फचार्ली भर्खरै बुद्धभूमि नगरपालिका वडा नम्बर १० रामघाट भन्ने स्थानमा वाणगंगा खोलामा अबिरल बर्षाका कारण आएको बाढी गाँउमा प्रवेश गरी क्षति पु¥याएको खबर आयो टोली तत्कालै मुभ गर्नु ।

सूचनाका आधारमा ६ सदस्यीय टोली बाढी स्थल पुगेर दुई जना बाढी डुबेका व्यक्तिलाई तत्कालै उद्वार गरेर फर्किन्छ । यो दृश्य हो, सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेड क्वाटर कपिलवस्तुको आयोजनामा जगदिशपुर जलाशय क्षेत्रमा“साहसिक उद्वार”को डेमोनस्ट्रेसन ।

जल उत्पन्न प्रकोपबाट जनताको जिउधनको सुरक्षा गर्न उद्धार तथा प्रतिकार्य सञ्चालन गर्न तयारी हालतमा रहेको जानकारी गराउन सो डेमोनस्ट्रेसन गरिएको हो । विपद्मा प्रतिकार्य तथा उद्वार कार्यमा उद्वारकको उद्वार गर्ने कलाकौशलतापूर्ण ताजगी गर्न, उद्वारमा खटिनेहरुको आत्मविश्वासमा वृद्धि गर्न, उद्वारमा प्रयोग गरिने सामाग्रीहरुको दुरुस्तीलाई यकिन गर्न साथै परेको बखत तदारुकताका साथ उद्वार कार्यमा खटिने अभ्यास समेत हुने भएकाले डेमो आयोजना गरिएको जनाईएको छ ।

जगदिशपुर तालमा गरिएको डेमोनस्टेशनमा पश्चिमतर्फ बुद्धभूमि नगरपालिका वडा नम्बर १० रामघाट र पूर्व तर्फको जगदिशपुर तालको टापु क्षेत्रलाई यशोधरा गाँउपालिकाको वडा नम्बर ५ को भगवानपुर र लोहरौलीगाँउको डुबान क्षेत्र भएको भनी डेमो स्थलको हदबन्दी गरिएको थियो ।

अभ्यास अन्र्तगत पहिलो उद्वारको नमुना बुद्धभूमि नगरपालिका वडा नम्बर १० रामघाटमा वाणगंगा नदीमा वर्षाका कारण बाढी आई क्षति पु¥याएको सूचनाको आधारमा ¥याफ्टको सहयोगमा पुगेको उद्धार टोलीले दुई जनालाई उद्धार गरेको देखाईएको थियो ।

उद्धारकर्मीले कुशलतापूर्वक ड्राईभ गरी पौडी खेली दुई जनाको उद्धार गरेका थिए । सो पश्चात उद्धार गरिएका सामान्य घाईते दुबैलाई मञ्चको बाँयातर्फ रहेको मेडिकल फस्ट रेस्पोन्डर टिमले तत्कालै प्राथमिक उपचार गरेको देखाईएको थियो । उक्त घटनास्थलमा अन्य सर्वसाधारण हराई रहेको र बाढीले बगाएको हुन सक्ने खबर आए पछि पुनःअर्को उद्धार टोली त्यहाँ पुगेको थियो । सो क्रममा बाढीमा डुबेकाहरु सम्म ¥याफ्ट पुग्न नसके पछि लाईफ ब्याग र थ्रो ब्याग फालेर सो को सहायाताले उद्धार गरिएको दृश्य देखाईएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, प्रहरी उपरिक्षक नवराज अधिकारी, राष्ट्रिय अनुसन्धानका एसपी योगेन्द्र केसी, सशस्त्र प्रहरी उपरिक्षक ध्रुब बहादुर कार्की, कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शिवबहादुर वाग्ले र जगदिशपुर जलाशय व्यवस्थापन सरोकार मञ्चका उपाध्यक्ष अब्दुल रसिद खाँ लगायतले उद्धार कार्यको डेमोनस्ट्रेशनको अवलोकन गरेका थिए ।

जल उत्पन्न प्रकोपबाट जनताको जिउधनको सुरक्षा गर्न उद्धार तथा प्रति कार्यको अभ्यास सहितको डेमोस्ट्रेशन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेड क्वाटर कपिलवस्तु शसस्त्र प्रहरी उपरिक्षक ध्रुब बहादुर कार्कीले बताए । उनले सशस्त्रले चालु आवमा जिल्लाका २८ स्थानमा भएका आगलागी नियन्त्रण, बाढी पहिरो र डुबान क्षेत्रमा १७व् यक्तिको उद्धार, ५ घाईते व्यक्तिको उद्धार र ८ वटा शवको उद्धार गरिएको जनाए ।

सशस्त्रप्रहरीको प्रकोप उद्धारकालागि २४ जना तालिम प्राप्त र बिपत सम्बन्धि अनुशिक्षण लिएका ३ सय ७१ जनाको टोली उद्धारमा खटिदै आएको जानकारी दिए । कपिलवस्तु जिल्लामा कार्यरत रहेका सशस्त्र प्रहरीको सेमुलेशन एक्सरसाईज हेरिएको जनाउँदै मनसुनको अवस्थामा बाढी, डुबानको समस्या हुने भएकाले सामाग्री र जनशक्तिको प्रयोग बारेको पुर्व अभ्यास गरिएको प्रजिअ चक्रपाणी पाण्डेले बताए ।

आगमी दिनमा सशस्त्रसँगै नेपाली सेना र नेपाल प्रहरीबीचको संयुक्त अभ्यास गरी तयारी अवस्थाबारे जानकारी दिन सहयोग पु¥याउने योजना रहेको प्रजिअ पाण्डेले स्पष्ट पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);