कास्कीमा कृषिलाई अधुनिकिकरण गर्न जाेड दिंँदै एक घर एक टनेल कार्यक्रम सञ्चालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

कास्कीमा कृषिलाई अधुनिकिकरण गर्न जाेड दिंँदै एक घर एक टनेल कार्यक्रम सञ्चालन गर्ने

कास्की । कास्कीको रुपा गाउँपालिकाले कृषिको अधुनिकिकरण लाई जाेड दिंँदै एक घर एक टनेल कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक गरिएको हाे। 

“एक घर एक उत्पादन” भन्ने लक्ष्यका साथ यस वर्ष “एक घर एक टनेल” कार्यक्रम शुरु गर्न लागिएको गाउँ पालिकाकाे नीति तथा कार्यक्रममा जनाइएको छ ।  कृषकहरुकाे आकर्षण बढेसंँगै गाउँपालिकाले एक घर एक टनेलको अवधारणा अघि सारेको छ ।

“गत वर्ष  गाउँपालिकाको आर्थिक सहयोगमा १८० वटा टनेला निर्माण गरिएकाे छ ।

कृषकहरुको मागअनुसार गाउँपालिकाका सात वटा वडाका चार हजार एक सय घरमा टनेल निर्माणका रु ८३ लाख बराबरको बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नबराज ओझाले जानकारी दिए ।

गाउँसभामा आर्थिक वर्ष २०७८/ ०७९ काे लागि  ४७ करोड ६८ लाख ३५ हजारको बजेट प्रस्तुत गरिएको थियो । 

Leave a Reply