काठमाण्डौँ, ६ कार्तिक । एमाले-माओवादी संयुक्त गठबन्धनका साझा उम्मेवारविरुद्ध कतिपय स्थानमा असन्तुष्टी देखिएको छ ।
असन्तुष्टीकै कारण जाजरकोटमा माओवादी नेता तथा पूर्वमन्त्री शक्ति बस्नेत समेत अप्ठ्यारोमा पर्ने देखिएका छन् । बस्नेतविरुद्ध एमालेका नेताले बागी उम्मेद्वारी दर्ता गराएका छन् । एमालेका गोविन्दविक्रम शाहले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
राप्रपाको महामन्त्री छाडेर एमालेमा प्रवेश गरेका शाहले टिकट पाउने अपेक्षा गरेका थिए । तर, एमालेले माओवादीलाई सघाएपछि उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।
एमालेको जित्ने निश्चित भएको ठाउँमा माओवादीलाई छाडेको भन्दै आफूले उम्मेद्वारी दर्ता गराएको शाहले बताएका छन् । सूर्य चिह्नमा चुनाव नलडे पनि गोविन्दविक्रमले उम्मेदवारी फिर्ता नलिए एमालेको धेरै मत काटिनेछ ।
एमालेले शाहलाई रोक्न नसके शक्ति बस्नेतको जितको आशा झिनो हुने देखिन्छ ।