आज नयाँ मुख्य सचिव नियुक्त हुँदै, को बन्ला २४ औँ मुख्य सचिव ? | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

आज नयाँ मुख्य सचिव नियुक्त हुँदै, को बन्ला २४ औँ मुख्य सचिव ?

काठमाडौं, ६ कार्तिक । सरकारले आज सोमबार नयाँ मुख्य सचिव नियुक्ति गर्ने भएको छ। अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गर्न लागेको हो।

मन्त्रीपरिषद बैठकले अहिले खाली रहेका प्रशासन समुहका तीनजना सचिवको बढुवा, उनीहरुको पदस्थापन र केही सचिवको बढुवा र सरुवा समेत गर्ने तयारी गरेको श्रोतले जनाएको छ।

निजामति सेवाको सर्वोच्च पद मुख्य सचिव बन्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय, प्रधानमन्त्री कार्यालयकै अर्का सचिव शंकर अधिकारी र गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी प्रतिस्पर्धामा देखिएका छन्।

क्षेत्रीको अवकासपछि २४ औं मुख्य सचिव बन्न उपाध्याय, अधिकारी र रेग्मीबीच प्रतिस्पर्धा देखिएको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);