२४ घण्टामा ३ हजार ५ सय ५८ ले कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

२४ घण्टामा ३ हजार ५ सय ५८ ले कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५८ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ३ हजार ५ सय ५८ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ६८ हजार ४ सय ४० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४ सय २१ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ७ हजार ४ सय ६१ पीसीआर परीक्षणमध्ये २ हजार ४ सय २१ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ५२ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ८ सय ६५ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);