काठमाडौँ, ६ कार्तिक । स्यालको आक्रमणमा परेकी अछाम तामारसुनामा ६ महिने शिशु नीलम रोकायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। गत असोज २४ गते उनलाई स्यालले आक्रमण गरेको थियो। उनको च्यापु, ओठ र गालाको आधा भाग स्यालले खाएको छ।
उपचारमा संलग्न चिकित्सक पियूष दाहालका अनुसार, उनको अनुहारको तल्लो भाग विक्षिप्त हुने भएकाले उपचारमा कठिनाइ परिरहेको छ।
- उनको छातीको मासु काटेर च्यापुमा लगेर टाँसिएको छ।
- अवस्था समान्य हुँदै गएमा धेरैपटक शल्यक्रिया गरी च्यातिएका भाग सामान्य अवस्थामा ल्याउने प्रयास गरिनेछ।
- मुखबाट आमाको दूध खान नमिलेकोले पाइपबाट अन्य खाने कुरा खुवाइएको छ। आजको नागरिक दैनिकमा खबर छ।