९ वर्षीय बालिकालाई जबरजस्ती करणीको प्रयास पछि घाँटी रेटी हत्या गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

९ वर्षीय बालिकालाई जबरजस्ती करणीको प्रयास पछि घाँटी रेटी हत्या गर्ने पक्राउ

सप्तरी । सप्तरी डाक्नेश्वरी नगरपालीका ३ मा ९ वर्षीय बालिकालाई जबरजस्ती करणीको प्रयास पछि घाँटी रेटी हत्या गर्ने हत्यारा भारत तर्फा भाग्दै गर्दा गय राती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालीका ३ हटैल टोलका १९ वर्षीय रोहित कुमार यादब रहेका छन् ।

यादवले गत शुक्रबार बिहान बाख्रा चराउन गएकी स्थानीय ९ वर्षीय शिवानी कुमारी यादव लाई स्थानीय शिबनाथ यादबको आँप बगैँचामा आप दिन्छु भनि कोइ नभाको मौका छोपी जबरजस्ती करणीको प्रयास गरेको र सो कुरा शिवानीले आफ्नाे आमालाई भनिदिन्छु भन्दा पोल खुल्ने डरले शिवानी संग रहेको घास काट्ने हसिया खोसी घाटी रेटी हत्या गरि भारत तर्फा भाग्दै गर्दा गय राती भारतीय सीमा नजिकबाट सप्तरी प्रहरीले यादबलाई पक्राउ गरेको हो।

यादबलाई नियन्त्रणमा लीइ आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयभान द्धिवेदीले जानकारी दिए ।

Leave a Reply