काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ३ हजार ४ सय ५६ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३ सय ४२ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ६ हजार ६ सय ७७ पीसीआर परीक्षणमध्ये एक हजार ४ सय २१ संक्रमित र चार हजार २ सय ४९ एन्टिजेन परीक्षणबाट एक हजार २१ संक्रमित गरी जम्मा २ हजार ४ सय ४२ मा संक्रमण पुष्टि भएको हो ।
यीमध्ये काठमाडौंका चार सय ५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ गरी काठमााडौं उपत्यकामा जम्मा पाँच सय ४८ संक्रमित भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५५ हजार ५ सय ३२ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ५१ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा आठ हजार ७ सय २३ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।