एजेन्सी । युरोकप फुटबलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ ।
वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
पहिलो हाफको १२ औं मिनेटमा इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो ।
बराबरीसँगै समूह ’डी’ का २ खेलमा ४ अंक जोडेर इंग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।