काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । बिहीबार सवर्वजनिक गरिएको काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रममा कोरोना प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो ।
महानगरपालिका क्षेत्रमा अस्थायी बसोबास गर्ने व्यक्तिको लगत राखिने,भाडामा बस्नेहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइने छ ।
ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवा सहितको सुविधा सम्पन्न १०० बेडको विशेष अस्पताल निर्माण गरिने , उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, लगायतका सेवा निःशुल्क उपलब्ध गराइने नीति तथा कार्यक्रम समेटिएको छ ।
महानगरपालिकाले विद्युतीय सवारी करमा शतप्रतिशत छुट, महानगरबासीलाई नागरिक स्वास्थ्य विमा कार्यक्रम, लगायतका कार्यक्रमहरु पनि ल्याएको छ ।