म्याग्दी बाढीकाे वितण्डा : बेनी आउने सबै सडक सञ्जाल अवरुद्ध (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

म्याग्दी बाढीकाे वितण्डा : बेनी आउने सबै सडक सञ्जाल अवरुद्ध (फोटो फिचर)

सन्दिप शर्मा,
म्याग्दी
। लगातार परेको बर्षको कारण म्याग्दी सदरमुकाम बेनी आउने सबै सडक सञ्जाल अवरुद्ध बनेको छ । बेनी जोमसोम कोरला सडक खण्ड सहित बेनी दरवाङ, बेनी रत्नेचौर, बेनी पाखापानी सहित ग्रामिण भेगका सडक सञ्जाल अवरुद्ध बनेको हो ।

बेनी जोमसोम सडक खण्ड अन्तर्गत, रघुगंगा गाउँपालि ३ चमेरे, अन्नपुर्ण गाउँपालिकामा पर्ने रुप्से छहरा जनीकै रहेको सडकखण्ड, अन्नपुर्णकै नैन बगवर, काभ्रे भिर, मुस्ताङ्गको कैकु खोला, टुकुचे, पाण्डा खोला लगाएतको क्षेत्रमा हिलो लेदो सहितको बाढीकाको कारण सडक खण्ड अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

त्यसैगरी बेनी दरवाङ्ग सडक खण्ड अन्तर्गत, डम्बराको ठाडो खोलामा आएको बाढी, सिंगा तातोपानीको घुमाउने भिर, बाँङ्गे पहिरो लगाएतका स्थानमा बाढी पहिरोले सडक सञ्जाल अबरुद्ध बनाएको छ । बेनी रत्नेचौर सडक खण्डक अन्तर्गत बेनपा २ भसभसे र रानीवनमा पहिरोको कारण सडक सञ्जाल अबरुद्ध बनेको छ ।

त्यसै बेनी देखि ग्रामीण भेग जाने बेनी पाखापानी सडक खण्ड समेत पानीको कारण बाटो हिलो बनेपछि तत्कालका लागि सडक सञ्चालन गर्न सकिने अवस्था नरेहेको जिप्रका म्याग्दीले जनाएको छ । मंगलवार पर्वतको मालढ्ङ्गामा गएको पहिरोको कारण बेनी बाट पोखरा काठमाडौं लगाएतका स्थानको सडक सञ्जाल समेत सम्पर्क विक्षेद भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

लगातार परेको पानिको कारण पहिरो र बाढीको जोखीममा रहेका ५२ घर धुरीका १ सय ९९ जनालाइ सुरक्षीत स्थानमा सारीएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

त्यसैगरी सदमुरकाम बेनी लाइ जोगाउन निमार्णगरीएको तटबन्ध समते कालिगण्डकी नदीले बगाएको छ । नदीले बेनीको कालिपुल बसपार्कमा र म्याग्दी उघोग बाणिज्य संघ तल निमार्ण गरीएको करीब ३५ मिटर तटबन्धन समेत बगाएको जिल्ला प्रहरी कर्यालय म्याग्दीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);