काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो पीडितको उद्धारलाई प्रभावकारी सरकारसंग आग्रह गरेका छन् । अध्यक्ष दाहालले बुधबार एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्न सरकारसँग आग्रह गरेका हुन् ।
उनले राहत र उद्धारमा आआफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति, बेपत्ताको खोजी र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसंग अपिल गरेका हुन् ।