रोल्पामा दुई पुनको भीडन्त, कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

रोल्पा, कार्त्तिक ६ । माओवादीको उद्गम थलो मानिएको रोल्पामा दुई पुनबीचको चुनावी भिडन्त रोचक हुने देखिएको छ ।

शसस्त्र द्धन्दको समयमा सबैभन्दा प्रभाव रहेको क्षेत्रमा माओवादीका नेता बर्षामान पुनसँग चुनावी मैदानमा भिड्न नेपाली काँग्रेसका अमरसिंह पुनलाई पठाएको छ।

यसअघि सांसद भईसकेका अमरसिंह पुन नेपाली काँग्रेस रोल्पाका सभापति हुन्। उनका प्रतिष्पर्धी वर्षमान पुन भने माओवादीबाट अर्थमन्त्री समेत भइसकेका छन्। बर्षामानकी पत्नी निवर्तमान सभामुख ओनेसरी घर्तीलाई भने माओवादीले समानुपातिकमा पठाएको छ।

नेपाली काँग्रेसका पुन र वाम गठबन्धनबाट अघि सारिएका माओवादीका उमेद्वार वर्षमान पुनबीचको चुनावी प्रतिष्पर्धामा कसले बाजी मार्छ भन्ने आँकलन गरिएको छ ।

 

ताजा समाचार