कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित

सुर्खेत । कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

कर्णाली प्रदेश एमाले संसदीय दलले भने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर सरकारमा रहेका एमालेका ३ सांसदले भने नीति तथा कार्यक्रमकै पक्षमा मतदान गरेपछि सो पारित भएको हो ।

गएको बैशाखमा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्ने एमालेको ह्वीप उल्लंघन गरेका सांसदहरु कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले यो पटक पनि ह्वीप उल्लंघन गर्दै नीति तथा कार्यक्रम पारित गराएका हुन् ।

उनीहरुलाई एमालेले कारबाही गरेको भएपनि सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने बाटो खुलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);