पहिले नेपाली जनता बाँचुन्, राजनीति भोलि गरुँला : अर्जुन नरसिंह केसी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

पहिले नेपाली जनता बाँचुन्, राजनीति भोलि गरुँला : अर्जुन नरसिंह केसी

नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताएका छन् । सोमबार नुवाकोटमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठुला कुरा नगरी यतिखेर नेपालीको जिवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताएका हुन् ।

राजनीति पछि पनि गर्न सकिने भन्दै उनले पहिले जनताको जीवन बचाउन सरकारको ध्यानाकर्षण गराए । उनले भने – हामी सरकारलाई पनि भन्न चाहान्छौँ, अहिले तिमी ठुला–ठुला विकास, समृद्धिका सपना, झुठको खेती नगर । जम्मै भएभरको राष्ट्रिय शक्ति र सम्पतिको कोभिड महामारीबाट नेपाली जनतालाई मुक्ति बनाउनको निम्ति गर । पहिले नेपाली जनता बाँचुन्, पहिले नेपाली जनताको सुरक्षा गरौँ । राजनीति भोलि गरुँला । राजनीति पछि गर्न सकिन्छ । अहिले जनताको स्वास्थ्य नै केन्द्रबिन्दु हो भन्ने राष्ट्र, राजनीतिक दल र सरकार सबैले लिनुपर्छ ।

नेता केसीले अहिले सबै राजनीतिक दल र सरकारले जनताको स्वास्थ्यलाई केन्द्रविन्दुमा राख्नुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);