निःशुल्क भेन्टीलेटर मर्मत गर्दै इन्जिनियर समूह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निःशुल्क भेन्टीलेटर मर्मत गर्दै इन्जिनियर समूह

काठमाडौं । नेपाली कांग्रेस निकटको इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले अस्पतालहरुमा निःशुल्क रुपमा स्वास्थ्य उपकरणको मर्मतसम्भार गरिदिन थालेको छ ।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सले कोभिड–१९ को महामारीको समयमा विभिन्न अस्पतालहरुको कोभिडसँग सम्बन्धित उपचारमा आवश्यक उपकरणहरुको मर्मतसम्भार गरिदिन थालेको हो ।

कतिपय अस्पतालमा भेन्टीलेटर, अक्सिजन कन्सनट्रेटर, मनिटर, आइसियुमा प्रयोगहुने विभिन्न उपकरणहरु चलाउन नजानेको अवस्थामा अथवा बिग्रिएको अवस्थामा बायोमेडिकल इन्जिनियरहरुको समुहले निःशुल्क मर्मत सम्भार गरिरहेको छ ।

इन्जिनियरहरुको समुहको एक इन्जिनियर आस्था न्यौपानेले सबै प्रदेशमा २ जना फोकल पर्सन तोकेर काम शुरु गरिएको र केन्द्रमा १५ जनाको केन्द्रीय समिति बनाइएको बताइन् । कतिपय अवस्थामा प्रयोगकर्ताले स्वास्थ्य उपकरण चलाउन नजानेर समस्या देखिने गरेको भन्दै आफुहरुले आवश्यक अस्पतालमा पुगेर सहजीकरण गरिदिने गरेको उनले बताइन् ।

इन्जिनियरहरुको उक्त समुहले मंगलबार ललितपुरस्थित सर्वाङ्ग अस्पतालमा रहेको भेन्टीलेटरको समस्यालाई अस्पताल मै आइ समाधान गरिदिएको इन्जिनियर उत्तम श्रेष्ठले जानकारी दिए । सर्वाङ्ग अस्पतालको भेन्टीलेटर हाल प्रयोग गर्न योग्य भएको उनले बताए ।

हाल नेपालको ७५ प्रतिशत अस्पतालहरुमा बायोमेडिकल इन्जिनियरहरु नभएको भन्दै इन्जिनियर श्रेष्ठले अहिलेको परिवेशमा अस्पतालहरुमा वायोमेडिकल इन्जिनियरहरुले सहयोग गर्नुपर्ने अवस्था आएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);