जनकपुर रेल सञ्चालको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

जनकपुर रेल सञ्चालको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी अघि बढाउन विभागलाई निर्देशन दिएका छन् । सोमबार मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग गरेको साक्षत्कार बोल्दै मन्त्री नेम्वाङले निशेधाज्ञा पछि तत्कालै रेल सञ्चालन गर्न निर्देशन दिए ।

प्राविधिकरुले सम्पूर्ण तयारी भइसकेकाले रेल सञ्चालनमा ढिलाई गर्न नहुने मन्त्री नेम्वाङले जोड दिएका छन् ।‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरीसकेका छौँ । यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ,’ उनले भने, ‘कोभिड महामारीले बाधा पु¥याएको छ ।

लकडाउन खुल्नेबित्तिकै हामीले त्यहाँ रेल सञ्चालन गर्नुपर्छ ।’मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरुमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई समेत निर्देशन दिएका छन् ।

Leave a Reply