ईजरायलमा नयाँ प्रधानमन्त्री, १२ वर्ष सरकार चलाएका नेतान्याहु सरकारबाट बाहिरिए | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

ईजरायलमा नयाँ प्रधानमन्त्री, १२ वर्ष सरकार चलाएका नेतान्याहु सरकारबाट बाहिरिए

एजेन्सी । इजरायलको सत्ताबाट बेन्जामिन नेतान्याहु बाहिरेका छन् ।

इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहनुभएका नेतान्याहु बाहिरिनु भएको हो । एक सय २० सदस्यीय संसदमा आफूसहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बन्नुभएको छ ।

नेतान्याहुले ५९ मत प्राप्त गरेका थिए । पाँच पटक इजरायलको प्रधानमन्त्री बन्नुभएका नेतान्याहु पछिल्लो पटक सन् २००९ देखि लगातार प्रधानमन्त्री भएका थिए । विपक्षी गठबन्धनको सहमति अनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् ।

बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नुहुने छ भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिडले सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्व गर्ने छ । इजरायलमा नयाँ सरकार बनेपछि पछिल्लो दुई वर्षदेखि देखिँदै आएको राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास लिइएको छ ।

नेतेन्याहू इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हुन् ।

नेतान्याहूले नयाँ सरकारलाई धोकाधडी र आत्मसमर्पणबाट बनेको खतरानक गठबन्धनको संज्ञा दिएका छन् । नेता न्याहुले छिटै नै नयाँ सरकार छिट्टै ढालिदिने चेतावनी समेत दिएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);